सुदूरपश्चिम । कैलाली कारागारबाट फरार भएका ३८० कैदीबन्दी फर्किएका छन् ।

जेनजीको प्रदर्शनका क्रममा ६६७ कैदीबन्दी कारागारबाट फरार भएकोमा २८७ कैदीबन्दी अझैसम्म नफर्किएको कारागार कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कका अनुसार फर्किनेमा ३६ महिलासहितका कैदीबन्दी छन् । २१ भारतीय कैदीबन्दी फरार भएकोमा दुई जना कैदीबन्दी फर्किएका छन् । धेरैजसो कैदीबन्दी दिउँसोभन्दा रातको समयमा फर्किने गरेको कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले फरार कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्किन समय सीमा तोकेको थियो । सूचनामा स्थानीय प्रशासनले तोकिएको समयमा सम्पर्कमा नआएका कैदीबन्दीलाई कारागार ऐन र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो । यही असोज १३ देखि २२ गतेको अवधिमा थप ५३ कैदीबन्दी फर्किएका हुन् ।

advertisement

कैदी फरारको घटनापछि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा फरार कैदीको खोजी र पक्राउका लागि कार्यदल बनाइएको थियो । कारागारमा गत साउन २३ गते कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु र ४८ कैदीबन्दी घाइते भएका थिए । घाइते एक जनाको अझै सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उपचारपछि फर्किएकालाई अन्यत्रका कारागारमा स्थानान्तरण गरिसकिएको कार्यालयका निमित्त प्रमुख ज्ञानेन्द्र ओझाले जानकारी दिए ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com