काठमाडौँ । इजरायलसँग युद्धविराम सम्झौता भएपछि हमासले मुक्त गर्न लागेको २० जना युद्धबन्दीको नाम सार्वजनिक गरेको छ। तर, उक्त सूचीमा इजरायल–हमास युद्धपछि बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको नाम भने समावेश गरिएको छैन।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार सोमबारभित्र रिहा गरिने भनिएका २० जना सबै इजरायली नागरिक हुन्। उनले भने, “हामीले प्राप्त गरेको सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम छैन।”

advertisement

अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीच दुई वर्षयता चल्दै आएको युद्ध अन्त्यका लागि विहीबार युद्धविराम सम्झौता भएको थियो। सम्झौता पछि जोशी पनि मुक्त हुने अपेक्षा गरिएको थियो। तर, राजदूत पण्डितका अनुसार उनका अवस्थाबारे अझै कुनै स्पष्ट जानकारी प्राप्त भएको छैन।

जोशी सन् २०२३ अक्टोबरमा इजरायलस्थित किबुत्ज अलुमिममा हमासको आक्रमणका क्रममा बेपत्ता भएका थिए। युद्धविरामपछि समेत उनको अवस्था रहस्यमै छ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com