काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचनलगायत राजनीतिक विषयमा आज प्रमुख दलका नेतासँग छलफल गर्ने भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार, छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनेछन् । दलका अध्यक्षपछिका वरिष्ठ नेताहरू पनि छलफलमा उपस्थित रहने जनाइएको छ ।

advertisement

यो संवाद जेनजी आन्दोलन (भदौ २३ र २४) पछि पहिलो पटक राष्ट्रपति र राजनीतिक दलका नेताबीच हुन लागेको भेट हो । सो आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधि सभा विघटनसँगै आगामी फागुन २१ गते निर्वाचन मिति घोषणा भएको थियो ।

राष्ट्रपति पौडेलले निर्वाचनको तयारी, राजनीतिक स्थिरता र राष्ट्रिय सहमतिको आवश्यकता जस्ता विषयमा दलहरूको धारणा सुन्ने र साझा बुझाइ बनाउने उद्देश्यले आजको छलफल बोलाएको बताइएको छ ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com