हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार चंखेली गाउँपालिका–४ बेशीखोला नजिकैको भीत्री सडक खण्डमा मेल्छामबाट पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२००१ च १०९१ नम्बरको डबल क्याब जिप दुर्घटनामा परेको हो ।
जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा यात्रुहरू घाइते भएका हुन् । स्थानीयवासी र सुरक्षाकर्मीहरूले घाइतेको उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।
प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया