काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनपछि पनि सत्तामा रहेका दलका नेताहरूको घमण्ड कम नभएको टिप्पणी गरेका छन्।

शुक्रबार प्रेस सेन्टरमा आयोजित सम्पादकहरूसँगको छलफलमा प्रचण्डले तत्कालीन सरकारको नेतृत्व गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले आत्मसन्तुष्टिमा रमाइरहेको बताएका छन्।

advertisement

उनले भने, ‘जनताले कति असन्तुष्ट छन् भन्ने कुरा हामीले पटकपटक चेतावनी दिएका थियौं, तर सरकारले ध्यान दिएन। असन्तुष्टि झन बढ्दै गयो। यत्रो घटना भइसके पनि तत्कालीन सरकारमा रहेका दलमा अझै घमण्ड छ।’

प्रचण्डले आफ्नो सरकार ढल्नुको कारणबारे स्पष्ट पार्दै भने, ‘म बिचौलियासँग झुक्न चाहिनँ। त्यो सेटिङ तोड्ने प्रयास गर्दा मेरो सरकार ढलेको हो।’

उनले तत्कालीन सरकारको पतन बिचौलियाको प्रभाव र स्वार्थविहीन अडानका कारण भएको बताउँदै निष्पक्ष र स्वतन्त्र नेतृत्वको आवश्यकता औंल्याएका छन्।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com