काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा तत्कालिन गृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन–जी आन्दोलनमा सरकारले बल प्रयोग गर्न नभनेको स्पष्ट पारेका छन् । जेनजी आन्दोलनपछि आज पहिलोपटक मिडियासामु उपस्थित् भएका लेखकले उक्त घट्नाको विषयमा चर्चा गर्दै दुःख व्यक्त गरेका हुन् । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् ।

उनले भने,‘दुःखद् घट्ना भएपछि भदौ २३ गते राजीनामा दिएका थिएँ । बल प्रयोग गर्ने विषयमा तत्कालिन प्रधानमन्त्री र तत्कालिन गृहमन्त्रीले आदेश गरेको विषय उठेको छ, यी विषयहरुमा आदेश दिने विषय होईन, कुनै त्यस्तो बल प्रयोग गर्ने भनिएको छैन । प्रधानमन्त्री र मेरो तर्फबाट त्यस्तो आदेश दिईएको थिएन । घट्ना दुःखद भयो । धेरै मानिसको ज्यान गयो । सरकारी संरचना आगजनी भयो । मलार्य गहिरो पीडा भयो । तत्काल मन्त्री पदबाट राजीनामा गरेको विदितै छ ।’

advertisement

जेनजी पुस्ताले उठाएका मागहरुलाई सम्बोधन गरिनुपर्ने उनको मत छ ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com