काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा टुंगो लगाउने छ ।

गत बिहीबारदेखि पार्टी उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सुरु भएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । बैठकमा नेताहरूले पार्टी अधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र जेनजी आन्दोलनको प्रभावबारे बहस गरेका छन् ।

advertisement

नेताहरूले पदाधिकारी बैठकमा आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने एजेण्डा केन्द्रीय समिति बैठकमा लैजान सुझाव दिएका छन् ।

जेनजी आन्दोलनका क्रममा घरमै आक्रमणमा परेका पार्टी सभापति शेरबहादुर देउवा घाइते भएर आराम गरिरहेकाले पदाधिकारी बैठकमा उपस्थित भएका छैनन् । केन्द्रीय समिति बैठकमा भने उपस्थित हुने बुझिएको छ ।

 

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com