काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले भूमि आयोग खारेज गर्ने निर्णयप्रति तीव्र आपत्ति जनाएका छन्।

उनका अनुसार आयोग खारेज गर्नु लाखौँ भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र दलित समुदायका नागरिकहरूको जमिन प्राप्त गर्ने मौलिक अधिकारमाथि सीधा प्रहार हो।

advertisement

शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले लेखेका छन्, ‘भूमि आयोग खारेज गर्नु भनेको संविधानले सुनिश्चित गरेको भूमिहीन र दलित समुदायको अधिकार खोस्नु सरह हो।’

उनले सरकारको निर्णयप्रति प्रश्न उठाउँदै भनेका छन्, ‘पुरानै सरकारको नीति, कार्यक्रम र बजेट स्वीकृत गर्ने तर सोही नीतिअन्तर्गत गठन गरिएको भूमि आयोगलाई अस्वीकार गर्नु कसरी उचित हुन सक्छ?’

पोखरेलले भूमि आयोगको खारेजीले सरकारको गरीब र भूमिहीनप्रति रहेको दृष्टिकोण स्पष्ट पारेको भन्दै यो निर्णय तत्काल पुनर्विचार गर्न पनि आग्रह गरेका छन्।

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com