इलाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलामका बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। उनले बाढीपीडित परिवारहरूलाई भेट्दै राहत वितरण गरेका हुन्।
मन्त्री घिसिङले माइखोलास्थित टापु क्षेत्रमा बाढीले विस्थापित बनाएका २८ परिवारसँग भेट गरी राहत सामग्री वितरण गरेका हुन्।
त्यसैगरी, आठ दिनदेखि अवरुद्ध मेची राजमार्गको राजदुवाली सडक खण्डको अनुगमन गर्दै उनले सडक सञ्चालनलाई सरकारको पहिलो प्राथमिकता रहेको बताए। निरीक्षणका क्रममा उनले भूगर्भविद् र डिभिजन सडक कार्यालय इलामका इन्जिनियरहरूसँग सडक पुनः सञ्चालनका उपायबारे छलफल पनि गरेका थिए।
गृहमन्त्री ओमप्रकाश अर्याल पनि इलाम आउने कार्यक्रम रहेको भए पनि उनी निर्धारित तालिकाअनुसार नआएका कारण केही स्थानीयले असन्तुष्टि जनाएका छन्।
राजमार्ग अवरुद्ध भएपछि जिल्लामा इन्धन र स्वास्थ्य सामग्रीको अभाव चुलिएको छ। गत असोज १८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले इलाममा ३९ जनाको ज्यान लिएको छ, एक जना अझै बेपत्ता छन्। घरभत्किएर २६५ परिवार विस्थापित भएका छन्, जसमा १७२ परिवार इलाम नगरपालिकाका हुन्।
प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार












प्रतिक्रिया