काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यसमिति तत्काल विघटन गर्न र कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न आग्रह गरेका छन्।
शनिबार सानेपास्थित पार्टी मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी मङ्सिरमा नियमित महाधिवेशन गर्नुपर्ने भएकाले त्यसको तयारीका लागि नयाँ नेतृत्वलाई जिम्मेवारी दिनु आवश्यक रहेको बताए।
उनले भने, ‘विशेष महाधिवेशन होइन, नियमित महाधिवेशन नै गर्नुपर्छ। मैले शेरबहादुरजीलाई भनेको छु— तपाईंले अहिलेको कार्यसमिति विघटन गरेर एक जनालाई कार्यवाहक सभापति तोक्नुस्। त्यसपछि उनले नयाँ संरचना बनाउने र महाधिवेशनको मिति तय गर्ने जिम्मा लिनुहोस्।’
डा. कोइरालाका अनुसार, कार्यवाहक सभापतिले पार्टीभित्र नयाँ ऊर्जा सिर्जना गर्ने र महाधिवेशन तयारीलाई तीव्रता दिने जिम्मा पाउनेछन्। उनले मङ्सिरसम्ममा महाधिवेशनको मिति तय हुने विश्वास समेत व्यक्त गरे।
प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार












प्रतिक्रिया