काठमाडौं । अभिनेता राजेश हमालको जीवनी–आधारित पुस्तक ‘युगदेखि युगसम्म’ शनिबार सार्वजनिक गरिएको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा डबलीमा आयोजित विशेष कार्यक्रममा अभिनेता हमाल स्वयं, लेखक एवं पत्रकार यज्ञशसहितका व्यक्तित्वहरूले पुस्तक सार्वजनिक गरे ।

advertisement

पत्रकार तथा लेखक यज्ञशसँगको लामो संवादका आधारमा तयार गरिएको यस पुस्तकमा हमालको जीवनयात्रा, चलचित्र क्षेत्रका अनुभव, संस्मरणहरू, समाजप्रतिको दृष्टिकोण र व्यक्तिगत विचारहरू समेटिएका छन्।

पुस्तकमा राजनीति, धर्म, दर्शन र मनोविज्ञानसँग सम्बन्धित विषयहरू पनि समावेश गरिएको अभिनेता हमालले बताए। ‘यो केवल मेरो जीवनकथा होइन, मैले देखेका समाजका रुप, मानवीय भावना र समयका परिवर्तनको चित्रण पनि हो,’ उनले भने।

तीन वर्षको तयारीपछि फाइन प्रिन्ट प्रकाशनले बजारमा ल्याएको यो पुस्तक नेपाली चलचित्रका ‘महानायक’ हमालको जीवन र दृष्टिकोण बुझ्न चाहनेका लागि महत्वपूर्ण कृति मानिएको छ।

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com