काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नयाँ पुस्तालाई गुटबन्दी र खुट्टा तानातानको प्रवृत्ति त्याग्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले यस्तो व्यवहारले देशलाई अझ ठूलो नोक्सान पुर्‍याउने चेतावनी दिएका छन्।

पुनले नेपालका राजनीतिक परिवर्तनका विभिन्न चरणहरू र त्यस क्रममा देखिएका समस्याहरूको उदाहरण दिँदै इतिहासबाट पाठ सिक्नुपर्ने आवश्यकता औंल्याए।

उनले लेखेका छन्, ‘इतिहास हेरेर नयाँ पुस्ताले पाठ सिक्नुपर्छ। तपाईंहरू निश्चित उमेर समूहका युवा हुनुहुन्छ, तपाईंहरूको राजनीतिक संगठन छैन। तपाईंहरू देशमा सुशासन ल्याउन, भ्रष्टाचार अन्त्य गर्न र नेपाललाई समृद्ध बनाउन चाहनुहुन्छ। यो लक्ष्य पूरा गर्न सबैभन्दा पहिला तपाईंहरूबीच एकता हुन जरुरी छ।’

उनका अनुसार, नयाँ पुस्तामाझ पनि गुटबन्दी र खुट्टा तानातानको प्रवृत्ति देखिन थालेको छ, जसले देशको प्रगति रोकेको छ। मातृभूमिको अस्तित्व र समृद्ध भविष्यका लागि यस्तो इतिहास दोहोरिन नदिन उनले सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com