काठमाडौं । काठमाडौंको कपनस्थित पैयुटार पानी फ्याक्ट्री नजिक सडक दुर्घटनामा गम्भीर घाइते भएका एक युवाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।
मृतक सोलुखुम्बु घर भई हाल काठमाडौँको कपन बसोबास गर्दै आएका २५ वर्षीय पासाङ मिङ्मा शेर्पा भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् ।
प्रवक्ता सुवेदीका अनुसार गए राति बा ८१ प ७३५ नम्बरको मोटरसाइकलमा सवार शेर्पा पैयुटारबाट गोकर्णेश्वरतर्फ जाँदै गर्दा पानी फ्याक्ट्री अगाडिको सडक खण्डमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते भएका थिए ।
घाइते शेर्पालाई उपचारका लागि तत्काल काठमाडौं मेडिकल कलेज पुर्याइएको थियो । तर, चिकित्सकहरूले बचाउन नसकी आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार













प्रतिक्रिया