काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शनिबार बिहान स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । चिकित्सकहरूको निगरानीमा राखी उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य बनेको र आज डिस्चार्ज गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

advertisement

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार निर्धारित जेन–जी समूहसँगको छलफल स्थगित गरिएको थियो । अब उक्त छलफल सोमबारका लागि सारिएको जनाइएको छ ।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com