काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक अहिले अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी छ ।

ओली अस्वस्थ भएका कारण शनिबारका लागि तय गरिएको बैठक स्थगित भएको थियो । स्वास्थ्य अवस्था सामान्य भएपछि आज पुनः बैठक सुरु गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिएका छन् ।

advertisement

अधिकारीका अनुसार बैठकमा हालको जेन–जी आन्दोलनले सिर्जना गरेको राजनीतिक परिस्थिति, पार्टीको केन्द्रीय कमिटी बैठकका एजेन्डा तथा आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल भइरहेको छ ।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा नेताहरूले राष्ट्रिय एकता सुदृढ गर्न, राजनीतिक दलहरूबीच सहकार्यको भावना अघि बढाउन र देशभर वाम एकताको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com