काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नियमित स्वास्थ्य परीक्षण गराएका छन् । आइतबार उनी परिवारसहित धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेका थिए र स्वास्थ्य परीक्षण गराए ।

अस्पतालका स्रोतका अनुसार पूर्वराजाले प्रोस्टेट बायोप्सीको परीक्षण गराएका हुन् । उक्त परीक्षणको रिपोर्ट पाँच दिनपछि उपलब्ध हुने जनाइएको छ । अस्पतालका चिकित्सकले भने, ‘उहाँ नियमित स्वास्थ्य परीक्षणको रूपमा प्रोस्टेट बायोप्सीका लागि आउनुभएको हो।’

advertisement

प्रोस्टेट पुरुषहरूमा मात्र हुने ग्रन्थी हो, जुन पिसाब थैलीको मुनी र मूत्रनली वरिपरि अवस्थित हुन्छ। ग्रन्थी, रेशामय तथा मांसपेशीयुक्त तन्तुबाट बनेको यस अंगको मुख्य कार्य पुरुष हर्मोन टेस्टेस्टेरोनको प्रभावमा विभिन्न शारीरिक प्रक्रिया सञ्चालन गर्नु हो।

उमेर बढ्दै गएपछि टेस्टेस्टेरोनको मात्रा घट्दै जान्छ र एस्ट्रोजेन हर्मोनको मात्रा बढ्छ। यसले प्रोस्टेट ग्रन्थिमा कोष वृद्धि प्रक्रिया बढाउँछ र ग्रन्थी विस्तारै ठूलो हुन थाल्छ। चिकित्सकहरूका अनुसार अस्वाभाविक रूपमा बढ्दा प्रोस्टेटले मूत्राशयसँग सम्बन्धित समस्या उत्पन्न गर्न सक्छ।

पूर्वराजाको नियमित स्वास्थ्य परीक्षणले उनको स्वास्थ्य निगरानीमा ध्यान दिइएको देखाउँछ र प्रोस्टेटसम्बन्धी अवस्था समयमै जाँच गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com