काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा राजनीतिक संवादको नयाँ अध्याय सुरू गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूलाई नेतृत्वबाट बिदाइ गर्नुपर्ने बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का वर्तमान शीर्ष नेताहरू अब नयाँ पुस्ताका लागि मार्ग खुला गर्नुपर्ने बताए।

advertisement

उनका अनुसार, मुलुकले स्थायित्व र समृद्धिको दिशामा अघि बढ्नका लागि पुराना नेतृत्वले सम्मानपूर्वक बिदाइ लिएर नयाँ सोच, ऊर्जा र दृष्टिकोण भएका युवाहरूमाथि जिम्मेवारी सुम्पिन जरुरी छ।

थापाले देशको हितलाई केन्द्रमा राखी सहमति, संवाद र विश्वासको नयाँ वातावरण सिर्जना गर्न सबै राजनीतिक दल र नेताहरूलाई आह्वान पनि गरे।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com