काठमाडौं । हमासले आज रिहा गर्न लागेका २० जना इजरायली बन्धकहरूको नाम सार्वजनिक गरेको छ । तर, उक्त सूचीमा नेपालका नागरिक विपिन जोशीको नाम भने समावेश गरिएको छैन ।

प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले तयारी गरेको बन्धकमुक्त सूचीमा विपिन जोशीको नाम नपरेको पुष्टि भएको हो । बीबीसीले उद्धृत गरेको विवरणअनुसार, रिहा हुने भनिएका २० जना इजरायली नागरिकका नाम यसप्रकार छन् —

advertisement

बार कुपरस्टाइन, एव्यातार डेविड, योसेफ-चाइम ओहाना, सेगेभ काल्फन, अविनातान ओर, एल्काना बोहबोट, म्याक्सिम हेरकिन, निमरोड कोहेन, माटान झाङाउकर, डेभिड कुनीओ, एइतान होर्न, माटान एन्ग्रेस्ट, एइतान मोर, गाली बर्मन, जिभ बर्मन, ओम्री मिरान, अलोन ओहेल, गाइ गिल्बोआ-डलाल, रोम ब्रास्लाब्स्की र एरिएल कोनियो ।

हमासले यस्ता नाम सार्वजनिक गर्दै आजकै दिन ती बन्धकहरूलाई इजरायलतर्फ हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ । यसअघि विपिन जोशीसहितका अन्य विदेशी बन्धकहरूको अवस्था अज्ञात रहेको बताइएको थियो ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com