काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले हमासको आक्रमणपछि अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी अब जीवित नरहेको जानकारी दिएका छन् ।

राजदूत पण्डितका अनुसार आइतबार साँझ (नेपाली समय अनुसार करिब साढे ७:३० बजे) इजरायली रक्षा बल (आईडीएफ)की एक महिला अधिकारीले फोनमार्फत् दूतावासलाई विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी गराएकी थिइन् ।

advertisement

उक्त सूचना प्राप्त भएपछि दूतावासले तुरुन्तै जोशी परिवारसँग सम्पर्क गरेको पण्डितले बताए । ‘हामीलाई फोन आएर भनियो कि विपिन अब जीवित छैनन्,’ उनले  भने, ‘त्यसपछि अमेरिकामा रहेकी उनकी बहिनी पुष्पा जोशी र महेन्द्रनगरस्थित ठुलोबुबाका छोरा किशोर जोशीसँग भिडियो कन्फरेन्समार्फत् सम्पर्क गरी जानकारी गराइयो ।’

उनका अनुसार घटनाबारे थप विवरण इजरायली अधिकारीहरूसँग समन्वय गरेर लिइँदैछ । ‘हामी सबै पक्षसँग निरन्तर सम्पर्कमा छौँ र आधिकारिक पुष्टि तथा आवश्यक जानकारीका लागि प्रयासरत छौँ,’ राजदूत पण्डितले थपे ।

कञ्चनपुरका विपिन जोशी अध्ययनका सिलसिलामा विद्यार्थी भिसामा इजरायल पुगेका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज अलुमिम क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी सम्पर्कविहीन भएका थिए ।

राजदूत पण्डितका अनुसार विपिनको शवबारे कहिले र कसरी प्राप्त गर्न सकिने भन्ने विषयमा हालसम्म स्पष्टता आएको छैन । ‘शवको अवस्थाबारे पनि इजरायली पक्षसँग समन्वय भइरहेको छ,’ उनले भने ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com