काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ। यो जानकारी इजरायली राष्ट्रपति इसाक हर्जोगको कार्यालयले सार्वजनिक गरेको छ।
ट्रम्प हाल इजरायलमा पुगेका छन् र उनको विमानस्थलमै इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले स्वागत गरेका छन्।
इजरायलको भ्रमणपछि ट्रम्प मिश्र जाने कार्यक्रम रहेको छ, जहाँ उनले अन्य देशका नेताहरूसँग गाजामा शान्ति स्थापनासम्बन्धी वार्ता गर्ने छन्।
सोमबार हमासले सात जना इजरायली बन्धकहरू रिहा गरेको छ। इजरायली सेनाका अनुसार ती सबै बन्धकहरू अहिले इजरायलको सीमाभित्र प्रवेश गरिसकेका छन्।
रिहा भएका बन्धकहरूलाई दक्षिणी इजरायलमा स्वागत गरिनेछ र उनीहरूले त्यहाँ आफ्ना परिवारसँग पुनः मिल्ने अवसर पाउनेछन्।
प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार












प्रतिक्रिया