काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रतिनिधि सभा चुनावअघि नै पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन्।

कांग्रेसले २०७८ मंसिरमा १४औँ महाधिवेशन सम्पन्न गरेको थियो र नियमअनुसार पार्टीको नियमित महाधिवेशन मंसिरभित्रै गर्नुपर्छ।

advertisement

असोज २५ मा बसेको नेविसंघ केन्द्रीय समितिको बैठकले फागुन २१ को प्रतिनिधि सभा चुनावअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरेको हो।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेको छ। यस सन्दर्भमा पार्टीभित्र जारी रूपान्तरणको आन्तरिक बहसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ। निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीले चुनाव अघि नियमित महाधिवेशन सम्पन्न गर्नु उपयुक्त हुने विषयमा मातृ पार्टीको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ।’

साथै, नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि आवश्यक छानबिन गरी कानुनी कारबाही गर्न पनि माग गरेको छ। नेविसंघका अनुसार, जेनजी पुस्ताको आन्दोलनमा हस्तक्षेप गर्ने, विभिन्न माध्यमबाट हिंसा भड्काउने लगायतका टिप्पणी मेयर शाहले गरेका कारण छानबिन आवश्यक भएको हो।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com