काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सारिएको छ। केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नको लागि आज बस्ने भनिएको बैठक भोलिलाई सारिएको हो।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक अब भोलि बिहान ११ बजे बस्नेछ।

advertisement

उनले भने, आज ३ बजे बस्ने कुरा थियो, तयारी नपुगेकाले भोलि बिहान ११ बजे बस्छ, केन्द्रीय समिति बैठक पनि १ बजे सुरु हुन्छ।

यसअघि केन्द्रीय समिति बैठक आइतबार बस्ने भनिएको भएपनि भोलिलाई सारिएको थियो। कांग्रेसमा नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा विवाद छ।

इतर पक्षले मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। तर, संस्थापन पक्षले अटेर गरेको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर समेत सङ्कलन गरेर राखेका छन्। संस्थापन पक्षले भने मंसिरमा नियमित विशेष दुवै महाधिवेशन गर्न नसक्ने अडान राखेको छ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com