काठमाडौं । भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारी निर्णयविरुद्ध नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघले विरोध प्रदर्शन गर्ने भएको छ।

महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले मंगलबार काठमाडौंको तीनकुनेमा विरोध प्रदर्शन र कोणसभा आयोजना गर्ने तयारी गरेको जनाएको छ।

advertisement

किसान महासंघका अनुसार आयोग खारेज गरेर सरकारले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि गम्भीर अन्याय गरेको छ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि समस्या समाधान आयोग र त्यसअन्तर्गतका सबै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो।

भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ अनुसार अघिल्लो सरकारले गठन गरेका आयोग र समितिहरू खारेज गर्ने निर्णयपछि विभिन्न राजनीतिक दल र किसान संगठनले सरकारको विरोध गर्दै आएका छन्।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com