जनकपुरधाम । मधेस प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले पदबाट राजीनामा दिएकी छन्। उनले सोमबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा पत्र बुझाउँदै आजकै मितिदेखि प्रभावकारी हुने गरी पदत्याग गरेकी हुन्।

तिवारी नेपाली कांग्रेस, नेकपा (एमाले), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सम्मिलित संयुक्त सरकारकी प्रतिनिधि थिइन्।

advertisement

मुख्यमन्त्री सिंहले बुधबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरिरहेका बेला तिवारीको राजीनामाले प्रदेश सरकार थप संकटमा पर्ने देखिएको छ।

लोसपा तर्फबाट मन्त्री बनेकी तिवारीले भने राजीनामाको कारण खुलाएकी छैनन्। यसअघि नेपाली कांग्रेस, नेकपा (एमाले) र जनमत पार्टीले सरकारप्रति समर्थन फिर्ता लिए पनि लोसपाले अझै समर्थन फिर्ता नलिएको स्थिति छ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com