काठमाडाैं। मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले आफू प्रधानमन्त्री बनेको भए २४ घण्टाभित्रै चार सयभन्दा बढी भ्रष्टाचारीमाथि कारबाही गर्ने दाबी गरेका छन्।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाए।

advertisement

प्रसाईँले भने, ‘यदि म प्रधानमन्त्री भएको भए, २४ घण्टाभित्रै चार सयजना भ्रष्टाचारी पृथ्वीमै हुने थिएनन्।’ उनले वर्तमान सरकार ‘डलरमा बनेको’ भन्दै त्यसमा सत्यता, नीति र इमानको अभाव रहेको टिप्पणी गरे।

उनका अनुसार, जेन–जी आन्दोलनका क्रममा उत्पन्न परिस्थितिले फेरि हिंसा र रक्तपात निम्त्याउने देखिएपछि आफूले सत्ता सम्भाल्न नचाहेको बताए। ‘मलाई भनिएको थियो, प्रधानमन्त्री बन्नुस्, तर मसँग सर्त थियो — जनताको रगत फेरि नबगोस। त्यसैले मैले भनेँ, मलाई यो सरकार चाहिँदैन। यो सरकार टिक्ने पनि होइन,’ प्रसाईँले भने।

सोही अवसरमा उनले प्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गर्दै विवादास्पद र आपत्तिजनक टिप्पणी पनि गरेका थिए, जसले राजनीतिक र सामाजिक वृतमा थप प्रतिक्रिया निम्त्याएको छ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com