काठमाडौं । जेन–जी आन्दोलनका क्रममा ‘फ्रि तिब्बत’ समर्थक समूह टिओबी (T.O.B) लेखिएको टिसर्ट लगाई पेस्तोल बोकेका युवकको घरबाट प्रहरीले नक्कली पेस्तोल बरामद गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार बौद्ध बस्ने तेन्जिङ दावाको घरमा छापा मार्दा नक्कली पेस्तोल फेला परेको हो।

advertisement

तेन्जिङलाई प्रहरीले हाल अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार तेन्जिङले लगाएको ज्याकेटमा लेखिएको T.O.B. को अर्थ Tibetan Original Blood रहेको खुलेको छ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा तेन्जिङलाई बिजुली बजार पुलमा एक युवकबाट पेस्तोल लिँदै कम्मरमा भिरेर बाइक चलाउँदै हिँडेको दृश्य देखिन्छ। उक्त भिडियोबारे पनि प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com