काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजिप्टमा आयोजना हुने गाजा शान्ति सम्मेलनमा सहभागी नहुने भएका छन्।
इजिप्टको समुद्र किनारस्थित शहर शर्म अल–शेखमा सोमबार हुने सो अन्तर्राष्ट्रिय सम्मेलनमा करिब २० देशका राष्ट्र–नेता सहभागी हुँदैछन्। तर, नेतन्याहूले भने उक्त सम्मेलनमा उपस्थित नहुने निर्णय गरेको बीबीसीले जनाएको छ।
इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले नेतन्याहूलाई सम्मेलनमा भाग लिन औपचारिक निमन्त्रणा पठाएका थिए। तर, इजरायली प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै नेतन्याहूले आगामी यहूदी पर्व ‘सुकोट’ का कारण सम्मेलनमा सहभागी नहुने बताएका छन्।
साथै, नेतन्याहूले गाजामा शान्ति स्थापना र वार्ता प्रक्रियामा मध्यस्थता गर्दै आएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विशेष धन्यवाद दिएका छन्।
शान्ति सम्मेलनमा बेलायतका प्रधानमन्त्री किएर स्टार्मरसहित विश्वका झन्डै २० राष्ट्रका प्रमुखहरूको सहभागिता रहने बताइएको छ।
प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार













प्रतिक्रिया