एजेन्सी । नेपाली युवक विपिन जोशीको गाजास्थित हमास समूहको कब्जामै रहँदा ज्यान गएको पुष्टि भएको छ।

इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सोमबार अपराह्न विपिनसहित ४ जनाको शव हमासले फिर्ता गर्ने जानकारी दिएको पुष्टि गरेका छन् ।

advertisement

हमासले सोमबार साँझ चारजना मृत बन्धकका शवहरू फिर्ता गर्न लागेको खबर आईडीएफका प्रवक्ता डेफ्रिनलाई उद्धत गर्दै प्रकाशित गरेको छ ।

हमासले ती चार जना बन्धकको नाम सार्वजनिक गरेको सूचीमा विपिन पनि छन् । उनीसँगै गाइ इलौज, योस्सी शराबी र ड्यानियल पेरेट्जको शव हमासले अन्तर्राष्ट्रिय रेडक्रसमार्फत् इजरायललाई हस्तान्तरण गर्न लागेको छ ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com