एजेन्सी । नेपाली युवक विपिन जोशीको गाजास्थित हमास समूहको कब्जामै रहँदा ज्यान गएको पुष्टि भएको छ।
इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सोमबार अपराह्न विपिनसहित ४ जनाको शव हमासले फिर्ता गर्ने जानकारी दिएको पुष्टि गरेका छन् ।
हमासले सोमबार साँझ चारजना मृत बन्धकका शवहरू फिर्ता गर्न लागेको खबर आईडीएफका प्रवक्ता डेफ्रिनलाई उद्धत गर्दै प्रकाशित गरेको छ ।
हमासले ती चार जना बन्धकको नाम सार्वजनिक गरेको सूचीमा विपिन पनि छन् । उनीसँगै गाइ इलौज, योस्सी शराबी र ड्यानियल पेरेट्जको शव हमासले अन्तर्राष्ट्रिय रेडक्रसमार्फत् इजरायललाई हस्तान्तरण गर्न लागेको छ ।
प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार












प्रतिक्रिया