एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्ट, कतार र टर्कीका नेताहरूले गाजामा शान्ति पुनर्स्थापना गर्न घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।
सोमबार इजिप्टको शर्म अल–शेखमा आयोजित सम्मेलनमा हस्ताक्षर भएको थियो । यस समारोहमा २० भन्दा बढी देशका नेताहरू उपस्थित थिए ।
यस अवसरमा ट्रम्पले भने, ‘एउटा नयाँ र सुन्दर दिन सुरु हुँदैछ, अब पुनर्निर्माण सुरु हुन्छ ।’ उनले इजरायल र हमासबिच युद्ध विरामको मध्यस्थतामा मद्दत गरेकोमा मध्यपूर्वी देशका नेताहरूको प्रशंसा पनि गरे ।
यसैबिच, इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले उक्त दिनलाई ऐतिहासिक बताए । सोमबार, ट्रम्पले प्रस्तुत गरेको गाजा शान्ति योजनाको पहिलो चरणको हिस्सा अन्तर्गत इजरायली बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको आदानप्रदान गरिएको थियो ।
यस चरणमा हमासद्वारा २८ इजरायली बन्धकहरूको शव पनि फिर्ता गर्नेछन् । अहिलेसम्म चार वटा शव मात्रै फिर्ता भएको छ ।
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया