काठमाडौं । सोमबार राति राजधानीको तीनकुनेमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ ।

काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित सडक खण्डमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनाग्रस्त हुँदा चालक २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो । चौधरी कैलाली गोदावरी गाउँपालिका–८ का स्थायी बासिन्दा हुन् र हाल काठमाडौंको बानेश्वरमा बस्दै आएका थिए ।

advertisement

दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई तत्कालै उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com