काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध दायर सुन तस्करीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा बयान प्रक्रिया सुरु भएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा मंगलबारदेखि उनको बयान लिइँदैछ ।

सोमबार मात्र सरकारी वकिलको कार्यालयले महराविरुद्धको अभियोगपत्र काठमाडौँ जिल्ला अदालतमा दर्ता गरेको थियो । उक्त अभियोगपत्रमा महरालाई ८ करोड ५५ लाख रुपैयाँ बिगो र तीन वर्षसम्मको कैद सजायको माग गरिएको छ ।

advertisement

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार ललितपुरको खुमलटारबाट उनलाई पक्राउ गरेको थियो । सन् २०७९ पुस १० गते चिनियाँ नागरिक ली हासोङले इलेक्ट्रोनिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा महरालाई पूरक अभियोगसहित एकल प्रतिवादीका रूपमा अदालतमा पेश गरिएको हो ।

उक्त प्रकरणको छानबिनका लागि गठन भएको सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले पनि महरालाई सुन तस्करीमा संलग्न ठहर गर्दै पुनः मुद्दा दायर गर्न सिफारिस गरेको थियो । हाल अदालतमा प्रारम्भिक बयानपछि थप सुनुवाइ प्रक्रिया अघि बढाइने तयारी गरिएको छ ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com