काठमाडौं। नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संसद् पुनर्स्थापना गरेर जेन–जीले उठाएका माग सम्बोधन गर्नु पर्ने बताएका छन् ।

मुलुकलाई अस्थिरतामा लैजान चाहनेहरूले मात्र संसद् पुनर्स्थापनाकोे मुद्दा अस्वीकार गर्ने भण्डारीको भनाइ छ।

advertisement

नेपाली कांग्रेसको आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका भण्डारीले सञ्चारकर्मीसँगको कुराकानीमा संविधान संशोधन नगरी जेन–जीका माग सम्बोधन गर्न सकिने बताए।

संविधान संशोधनका लागि संसद् पुनर्स्थापना गरेर जानु पर्ने उनको भनाइ छ।

‘संविधानमा रहेका केही व्यवस्था परिवर्तन नगर्दासम्म जेन–जीले उठाएका माग सम्बोधन हुन सक्दैनन्,’ विघटित प्रतिनिधिसभाका सदस्य डा. भण्डारीले भने, ‘संविधान संशोधनका लागि संसद् पुनर्स्थापना गरेर जानु सबैभन्दा उपयुक्त विकल्प हुन्छ। संविधान संशोधन नगर्ने हो भने चुनाव गरेर मात्र समाधान निस्कँदैन।’

निर्वाचन प्रणालीसम्बन्धी विद्यमान व्यवस्थाले कुनै पनि दललाई बहुमत नदिने भन्दै उनले समानुपातिक निर्वाचन प्रणालीका कारण नेताहरूले आफ्ना मान्छेलाई संसद् मन्त्री बनाइरहने अवस्था रहेको बताए। यो व्यवस्था रहँदासम्म जेन–जीले चाहेको सुधार सम्भव नरहेको डा. भण्डारीको भनाइ छ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com