काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले आफ्नो पार्टी कुनै पनि परिस्थितिमा निर्वाचनबाट पछि नहट्ने स्पष्ट बताएका छन् ।

मंगलबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका खतिवडाले सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सदैव लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको बताए ।

advertisement

उनका अनुसार, सरकार चुनाव गराउने तयारीमा देखिँदैन र राजनीतिक दलहरूसँग आवश्यक संवादसम्पर्क समेत नगरेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
खतिवडाले भने, ‘सरकार चुनाव गराउने उद्देश्यका साथ अघि बढे कांग्रेस कहिल्यै पछि हट्दैन । तर अहिले सरकार राजनीतिक दलहरूसँग संवाद नगरी एकल निर्णय गर्न खोज्दैछ, जुन प्रक्रिया गलत हो।’

उनले राजनीतिक स्थायित्वका लागि दलबीच सहमति र संवाद अनिवार्य रहेको पनि जोड दिए ।

खतिवडाले आजबाट सुरु भएको केन्द्रीय समिति बैठकलाई कांग्रेसको आन्तरिक एकता र पुनर्संरचनाको दृष्टिले ऐतिहासिक अवसरका रूपमा व्याख्या गरे । उनका भने, ‘कांग्रेस एकीकृत नभए देशको राजनीतिक दिशा स्पष्ट हुँदैन । यो बैठक हाम्रो पार्टी र मुलुक दुबैका लागि कोशेढुंगा सावित हुनेछ भन्ने विश्वास छ।’

त्यस्तै, सर्वोच्च अदालतमा दर्ता भएका विभिन्न रिटबारे कुरा गर्दै उनले अदालतको निर्णयको प्रतिक्षा गर्ने बताए । तर, उनले जोड दिए, ‘कांग्रेस कुनै परिस्थितिमा पनि निर्वाचनबाट पछि हट्दैन । अदालतको निर्णय जे भए पनि हामी लोकतान्त्रिक बाटोमै अघि बढ्नेछौं।’

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com