काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तारको तयारी थालेकी छन् । दुई दिनभित्रै तीन जनालाई सरकारमा सहभागी गराउने तयारी छ ।

तर विभिन्न समूहले चर्चामा ल्याएका नामका बारेमा भने छलफल भएको छैन ।

advertisement

“केहीले नाम सिफारिस गरेको भनेका छन्, केही नामहरु चर्चामा आएका छन्,” प्रधानमन्त्री निकट स्रोतले भन्यो, “त्यसरी आएका नामका बारेमा कुनै पनि छलफल भएको छैन । कसैले सिफारिस गरेको पनि होइन । त्यसरी बाहिर चर्चामा ल्याइएका नाम नपर्ने सम्भावना अधिक छ ।”

उनका अनुसार बजारमा आएका नामका बारेमा छलफलसमेत भएको छैन । स्रोतका अनुसार प्रधानमन्त्री कार्की अन्य मन्त्रालयको जिम्मेवारी दिन तयार भए पनि परराष्ट्र मन्त्रालयको जिम्मेवारी भने कसैलाई नदिने तयारीमा छन् ।

प्रधानमन्त्री कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालले पनि सरकार विस्तारको तयारी रहेको जानकारी गराए ।

“छलफल हुँदैछ । सम्भवतः दुई दिनभित्रै क्याबिनेट विस्तार हुन्छ,” उनले भने । उनका अनुसार अहिले तीनजना मात्रै थप गर्ने तयारी छ । प्रधानमन्त्री कार्की नै क्याबिनेट ठूलो बनाउने पक्षमा छैनन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्की नेतृत्वमा अहिले ८ सदस्यीय सरकार रहेको छ ।

रामेश्वर खनाल, कुलमान घिसिङ, ओमप्रकाश अर्याल, अनिलकुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदिश खरेल मन्त्री छन् ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com