काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाहरूको पूर्ण छानबिन गर्न सरकारसँग माग गरेका छन्।

भदौ २४ गते प्रदर्शनकारीको आक्रमणमा घाइते भएका देउवा पहिलोपटक मंगलबार  सार्वजनिक रूपमा देखिएका हुन्। उनी ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका थिए।

advertisement

बैठकमा देउवाले लिखित रूपमा आफ्नो सम्बोधन पेश गर्दै दुवै दिनका घटनाको छानबिन गरी जिम्मेवार व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

घटनामा आक्रमणमा परी घाइते भएकी तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सभापतिसँगै सानेपा पुगेकी थिइन्। देउवा र उनका पत्नीको उपस्थितिले पार्टी कार्यकर्ता र पदाधिकारीहरूलाई घटनाको गम्भीरतालाई ध्यानमा राख्दै तत्काल न्याय सुनिश्चित गर्न जोड दिन प्रेरित गरेको बताइएको छ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com