काठमाडाैं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने बताएका छन्।

आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले मंसिरभित्रै पार्टीको १५ औं महाधिवेशन हुनुपर्ने बताएका हुन्।

advertisement

‘नियमित महाधिवेशन हुनुपर्‍यो, मंसिरभित्रै हुनुपर्‍यो, योभन्दा तलमाथि हुनु भएन, केन्द्रीय समितिले यसबारे निर्णय गर्छ,’ नेता कोइरालाले भने।

सभापति शेरबहादुर देउवाले पनि केन्द्रीय समिति बैठक सुरू गर्दै विधानअनुसार १५ औं महाधिवेशन हुने बताएका छन्।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com