काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको बयान काठमाडौँ जिल्ला अदालतमा सम्पन्न भएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा मंगलबार महरासँग बयान लिइएको हो ।

२०७९ पुस १० गते चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रोनिक चुरोट (भेप) भित्र लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा महरा विरुद्ध मुद्दा चलिरहेको छ ।

advertisement

महराको बयानपछि अब बुधबारदेखि उक्त प्रकरणमा थुनछेक बहस सुरु हुने भएको छ ।

बयानका क्रममा महराले आफू उक्त घटनामा संलग्न नरहेको र कुनै पनि किसिमको लगानी नगरेको स्पष्ट पारेका छन् ।

सरकारी वकिलको कार्यालयले भने उनलाई संगठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गत कारबाहीको माग गर्दै ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com