युक्रेन। युक्रेनको आंशिक रूपमा रूसी नियन्त्रणमा रहेको खेरसोन क्षेत्रमा रूसले संयुक्त राष्ट्रसंघको राहत सामग्री बोकेको सवारीमाथि आक्रमण गरेको युक्रेनी अधिकारी र संयुक्त राष्ट्रसंघले बताएका छन् । घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार, चारवटा सवारी साधनबाट राहत लिएर फ्रन्टलाइनमा रहेको बिलोजेर्का नगर जाँदै गरेको टोलीमाथि रूसी ड्रोन र तोपबाट आक्रमण गरिएको हो ।

advertisement

“संयुक्त राष्ट्रसंघको नाम स्पष्ट रूपमा अंकित गरिएको चारवटा मानवीय सहायता बोकेको गाडीहरू रूसी सेनाको आक्रमणको सिकार बने,” संयुक्त राष्ट्रसंघको विज्ञप्तिमा भनिएको छ ।

“यस्ता आक्रमणहरू पूर्ण रूपमा अस्वीकार्य छन् । राहतकर्मीहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुनले सुरक्षा दिएको हुन्छ र उनीहरूलाई लक्षित गर्नु हुँदैन,” युक्रेनका लागि संयुक्त राष्ट्रसंघीय मानवीय समन्वयकर्ता माट्थियास श्मालेले भने।

उनका अनुसार, संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम अन्तर्गत रहेका दुई गाडीहरू क्षतिग्रस्त भएका छन् भने बाँकी दुई गाडी भने सुरक्षित छन् ।

संयुक्त राष्ट्रसंघको यौन तथा प्रजनन स्वास्थ्य एजेन्सी यूएनएफपीएले ती गाडीहरू ८०० व्यक्तिगत राहत सामग्री बोकेका जनाएका थिए, जुन जेष्ठ नागरिक, महिला र किशोरीहरूका लागि अत्यावश्यक सामानहरू थिए ।

“उक्त क्षेत्रमा जेष्ठ नागरिकहरूको सङ्ख्या अत्यधिक छ, र धेरैजसोले बमबारी र ड्रोन आक्रमणका कारण अन्यत्र जान सक्दैनन् ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com