काठमाडाैं । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्समा आज नेपाल र ओमान आमने-सामने हुँदै छन्।

बुधबार खेल ओमानको ओमान क्रिकेट एकेडेमी टर्फ १ मा नेपाली समय अनुसार राति पौने नौ बजेदेखि सुरु हुनेछ। नेपाल र ओमान जारी प्रतियोगितामा अपराजित छन्। दुवै टोली समान ६-६ अंक सहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्।

advertisement

आज हुने खेल फाइनल सरह हुनेछ, किनभने आज विजयी हुने टोली विश्वकपमा छनोट हुनेछ। त्यसैले दुवै टोली एक खेल अघि नै विश्वकपमा छनोट हुन चाहन्छन्।

नेपाल समूह बी को विजेता बन्दै र ओमान समूह सी को विजेता बन्दै सुपर सिक्समा प्रवेश गरेको थियो।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com