काठमाडौं ।  नेकपा (एमाले) का नेता एवं पूर्व सांसद महेश बर्तौलाले संसद् विघटन असंवैधानिक, अराजनीतिक र अलोकतान्त्रिक छ भन्ने कुरामा सबै दलहरुको साझा मत बनेको बताएका छन् । सभामुख देवराज घिमिरेले दलहरुसँग आज संसद् विघटनबारे छलफल गरेका थिए । सभामुख घिमिरेले बोलाएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा एमाले नेता बर्तौलाले भने षड्यन्त्रपूर्वक संसद् विघटन भएकोमा सबै दलहरुको साझा मत रहेको बताएका हुन् ।

‘अहिलेको विकसित राजनीतिक घटनाक्रम, विशेषगरी संसद् विघटन भइसकेपछिका परिस्थितिका बारेमा हामीहरुका बीचमा छलफल भयो । सबै दलहरुले आजको बैठकका संसद् विघटन असाध्यै अलोकतान्त्रिक, असंसदीय क्रियाकलाप हो र संसद्लाई कायम राखेर सबै प्रकारका समस्याहरुको हल दिन सकिने अवस्था हुँदाहुँदै षड्यन्त्रको कारणले गर्दा यो अन्त्य भयो भन्ने हामी सबै दलहरुको साझा मत भयो,’ उनले भने ।

advertisement

साथै, नेता बर्तौलाले अहिलेको संसद् विघटन अलोकतान्त्रिक छ र असंसदीय रहेको र यसको पुनर्स्थापना हुनु जरुरी रहेको बताए । यसको लागि यो व्यवस्था र संविधान मान्ने सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनु आजको आवश्यकता रहेको उनले बताए ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com