काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कहिल्यै पूर्ण एकता कायम हुन नसकेको बताएका छन् । उनले आफू प्रधानमन्त्री रहँदा पार्टीभित्रैबाट निरन्तर इर्ष्या, डाहा र खुट्टा तान्ने प्रवृत्तिका कारण सरकार असफल पार्ने प्रयास भएको आरोप लगाए ।

दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘पार्टीमा एकमना एकताको अवस्था कहिल्यै देखिन सकेन । मेरो नेतृत्वमा बनेको सरकारलाई असफल बनाउन पार्टीभित्रैबाट विरोध, षड्यन्त्र र झूटको जालो बुनियो ।’

advertisement

उनले संविधान जारी भएपछि निर्वाचनमार्फत बनेको नेकपाको सरकारलाई इतिहासमै महत्वपूर्ण निर्णय र दीर्घकालीन कामहरू गर्दै गर्दा पार्टीभित्रका केही व्यक्तिहरूले ढाल्ने अभियान चलाएको दाबी गरे ।

जेन–जी आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेका ओलीले भने, ‘म नेतृत्वको सरकारले देशमा स्थायित्व र विकासको बाटो खोल्दै थियो, तर त्यही बेला आफ्नै पार्टीका हातबाट अस्थिरता निम्त्याइयो ।’

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com