कालिकोट । कालिकोट जिल्लास्थित नरहरीनाथ गाउँपालिकाको खुलालु पुलबाट हाम फालेकी एक किशोरी बेपत्ता भएकी छन् ।
मङ्गलबार बेलुकी ७ः०० बजेतिर कर्णाली नदीको खुलालु पुलबाट हाम फालेकी बर्ष १५ की सिर्जना बटाला बेपत्ता भएकी हुन् ।
उनको खोजी कार्य भइरहेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा.नं ९ का वडा अध्यक्ष प्रदिप बोहोराले जानकारी दिए । बेपत्ता किशोरी खुृलालु बजामा कपडा पसल गर्दै आएका अनिपाल बटालाकी छोरी हुन् ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












प्रतिक्रिया