महोत्तरी ।  महोत्तरीको जलेश्वर नगरपालिका–४ स्थित धान खेतमा आज दिउँसो एक नवजात शिशु फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार दिउँसो करिब २ बजे भार्गवसर पोखरी नजिकैको धानखेतमा अन्दाजी १५/१६ दिनको पुरुष शिशु जीवितै फेला परेको हो ।
जीउमा हल्का निलो रङगको लुगा लगाएको र गुलाफी रङगको कपडामा बेरिएको अवस्थामा रहेको उक्त शिशुलाई वनमा घाँस काट्न गएका स्थानीयहरुले धानखेतमा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरीले उक्त शिशुलाई तत्काल स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याएको छ भने शिशु पूर्णरुपमा स्वस्थ र सुरक्षित रहेको जनाइएको छ । शिशु कसको हो भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । धानखेतमा कि छाडेको भन्ने सम्बन्धमा जिल्लाका सबै प्रहरी युनिटमा खोजतलासका लागि जानकारी गराइएको प्रनाउ भट्टले बताए ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com