काठमाडौं ।  नेपाल प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंअन्तर्गतको प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–३ गोकर्ण बस्नेत गाउँको एक घरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउपर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ सूर्यकोट घर भई भक्तपुर बस्ने २७ वर्षीय राजन भुजेल र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं १ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २६ वर्षीय उत्तम भुजेल छन् ।
पक्राउ परेका दुवै जनालाई काठमाडौँ जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com