काठमाडौं । नेपाल तेस्रो पटक आईसीसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । बुधबार एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा ओमानविरुद्ध खेल्नु केही घण्टाअगाडि नेपालले ट्वान्टी–२० विश्वकपको टिकट काटेको हो ।

ओमानको मस्कटमा भइरहेको प्रतियोगिताको दुवै खेलमा आफूअनुकूल नतिजा आएपछि नेपाल र ओमान ट्वान्टी–२० विश्वकपमा छनोट भएका हुन् ।

advertisement

बेलुकी ओमानसँग भएको खेलमा ३८ रनको फराकिलो जित हासिल गर्दै ८ अंकसहित अपराजित नेपाल छनोटको शीर्षस्थानमा पनि पुगेको छ । च्याम्पियनसिप उपाधिको नजिक पुगेको नेपालले बाँकी एक खेल शुक्रबार सामाओसँग खेल्दै छ ।

बुधबार दिनको खेलमा कतारले जापानलाई ३ विकेट र यूएईले सामाओलाई ७७ रनले पराजित गरेपछि नेपाल र ओमान लगातार दोस्रो पटक विश्वकपमा पुग्न सफल भएका हुन् । सन् २०२३ मा काठमाडौंमा भएको एसिया छनोटबाट शीर्ष दुई स्थानमा रहँदै नेपाल र ओमान नै विश्वकपमा पुगेका थिए ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com