काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ।

जमेको पानीमा डुबेर बुधबार​डाक्नेश्वरी(५ की भगवती यादवकी छोरी दुई वर्षीय श्रृष्टि कुमारी यादवको मृत्यु भएको हो ।

advertisement

घरबाट करिब ५० मिटर पूर्व दक्षिणतर्फ खेतमा जमेको पानीमा श्रृष्टि मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए।

बालिका खेल्दै जाने क्रममा खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com