काठमाडौं । मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह नयाँ मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’को शपथग्रहण समारोहमा सहभागी भएका छन् ।

यसअघि सिंहले आफूलाई शपथग्रहणमा निम्तो नआएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए । तर, अन्तिम समयमा निम्तो प्राप्त भएपछि उनी समारोहमा उपस्थित भएका हुन् ।

advertisement

मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री सोनलसँगै विना विभागीय मन्त्रीका रूपमा महेश यादव र गणेश पटेलले पनि पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको छ ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com