काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ०४६ साल यता पदमा पुगेका सबै नेता तथा कर्मचारीको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्ने प्रस्ताव पार्टीको एजेन्डामा समावेश गर्न सुझाव दिएका छन्।

बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा गुरुङले उक्त प्रस्ताव पेश गरेका हुन्।

उनले प्रस्ताव अनुसार, यस विषयलाई केन्द्रीय समितिको बैठकमा औपचारिक रुपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता रहेको बताए। गुरुङले यसअघि २०८० साल चैत २३ गते प्रतिनिधिसभामा पनि सो प्रस्ताव दर्ता गराइसकेका थिए।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि यो विषय अझै बढी चर्चामा आएको छ। गुरुङको तर्क अनुसार, प्रतिनिधिसभा विघटनपछि यो मुद्दा नेपाली कांग्रेसले नै एजेन्डामा राखेर अघि बढाउनु जरूरी छ।

केन्द्रीय कार्यसमितिको बैठक हालै पनि जारी छ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com