काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टी विभाजनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

यसअघि पार्टीका उपाध्यक्ष दीपककुमार साहले असन्तुष्टि जनाउँदै पार्टी फुटाएर नयाँ दल, जनस्वराज पार्टी गठन गरेका थिए।

advertisement

अध्यक्ष राउतले पार्टीको नीति र विधान विपरीत कार्य गरेको भन्दै साहलाई निष्कासन गरेका थिए। राउतले यही कारणले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्।

बिहीबार दायर गरिएको रिटको सुनुवाइका लागि शुक्रबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ।

उक्त नयाँ पार्टीलाई निर्वाचन आयोगले असोज २८ गते आधिकारिक मान्यता प्रदान गरेको थियो।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com